राष्ट्रिय न्युज ।
पाल्पाको माथागढी गाँउपालिका वडा नम्बर ३ कसेनीमा पर्ने सराई ओलेश सडक खण्ड अन्तर्गत काली आप मुनी पक्कि पुल निर्माण कार्य जारी रहेको छ । केही दिन पहिला मात्रै गाँउपालिका अध्यक्ष यम चिदीले उद्घाटन गरेर निर्माण शुरु गरिएको हो । अहिले निमार्णका कार्य जारी रहेको पुल धन्नै ८८ लाख बढीको लागतमा निर्माण गर्न लागिएको हो भने पुलको लम्बाई ११.३ मिटर रहेको जानकारी गराउदै लुम्बिनी प्रदेश सरकारको ३५ लाख र बाँकी गाँउपालिकाले सहयोग गर्ने गरि काम शुरु गरिएको वडा नम्बर ३ का अध्यक्ष तेज घर्ती मगरले बताउनु भयो ।
बर्षाद संगै बर्खामा त सवारी साधन वारीको वारी पारीको पारी हुने समस्या समाधान हुने वडा अध्यक्ष तेज घर्ती मगरले बताउनु भएको छ । पाल्पा कै अग्लो स्थल कौडे लेक जुन पर्यटकीय स्थल जाने सराई ओलेश सडक खण्डमा यो पुल बन्न लागेको हो । पुल बने सँगै ओलेस, सिकारकोट, भैसीकट्टा, दमारबासीसंगै सराई खहरे दुई पाई हुनेहरुको लागि सहज हुने भएको छ ।
बर्षौदेखि समस्या झेलिरहेका थियौ, बर्खा लागेपछि उस्तैपरे आवत जावत नै बन्द हुने गरेको थियो । पटक पटकको गुनासोलाई वडा र पालिकाले सुनिदिएकोमा कसेनी दमारका दिल बहादुर सुर्यबंसीले गाँउपालिकालाई धन्यबाद दिदै र खुशी व्यक्त गर्नु भएको छ । रोपाई गर्न माडीफाट तिर जानु पर्ने लगातार झरी परेर खोलो उर्लिएपार निक्कै समस्या झेल्नु पर्थ्यो। स्कुले बिद्यार्थी साथै वृद् वृद्दाहरुलाई उस्तै समस्या पर्ने गरेको थियो। यातायात नै ठप्प हुन्थ्यो अब त सहज हुने भयो उँहाले थप्नु भयो ।
बिगतमा पनि यस क्षेत्रमा पुलको आवश्यकता छ, आवाज उठिरहेको थियो त्यसैलाई मध्येनजर राखेर यस पटक वडा अध्यक्षको नेतृत्वमा हामीले सबै तिर जनताका गुनासो पुर्याएका थियौ । आवश्यक बजेट प्रदेशले दिने नपुग रकम पालिकाले सहयोग गर्ने भएपछि लामो समय देखि आउने गरेको गुनासो हल भएको छ वडा सदस्य मान बहादुर रानाले भन्नु भयो ।
बर्खामा त बिद्यालय जान भनेपछि नचिताए हुनी घरबाट बिद्यालय जान भनेर निस्कियो कालीआप मुनीको खोल्से खोलामा रोकिनुपर्ने त्यसैले पानी पर्न लागेपछि बिद्यालय जान पनि त्यतिकै हुन्थ्यो स्थानीय अम्बर रानाले आफ्ना बिगत सम्झदै बताउनु भयो ।आन्तरिक पर्यटक बिस्तार गर्न ओलेशमा होम स्टे शुरु गर्न लागिएको छ, पुल बने पर्श्चात बर्खायाममा पनि यातायात चल्ने छ भने ओलेशको होम स्टे र पर्यटकीय क्षेत्र कौडेलेकमा चहल पहल बढ्ने अनुमान गरिएको छ ।











