राष्ट्रिय न्युज ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं.१० निवासी दामोदर न्यौपाने विगत केही महिना देखि दुवै मिर्गौलाले काम गर्न नसक्ने अवस्था भएकाले उपचार खर्चको निम्ति जापानको ओसाकामा रहेर नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको ब्लु ब्वाइज युनियनले आर्थिक रकम सहयोग गरेको छ ।
पिडित न्यौपानेको दुवै मिर्गौलाले समान्य अवस्थामा पनि काम गर्न छोडेपछि डायलाइसिस गर्न पर्ने भएकाले उहाँ काठमाडौं स्थित Teaching Hospital मा उपचार गर्न आर्थिक अभाव भएकाले उपचारको मिति र्सादै आउनु भएको छ । उहाँको उपचारमा ढिलो नहोस् भन्ने उदेश्यले ओसाकामा रहेको ब्लु ब्वाइज युनियनले आर्थिक अवस्था कमजोर रहेका दामोदर न्यौपानेलाई आर्थिक संकलन गरि रु २१,५०० नेपालि रुपैया आर्थिक सहयोग गरिएको ओसाकाबाट प्रदिप न्यौपानेले राष्ट्रिय न्युजलाई जानकारी दिनुभयो।
पिडित न्यौपानेले राष्ट्रिय न्युज डट कमलाई भने स्वास्थ्य निकै कमजोर भएको र अप्रेशनको तयारी भईरहेको त्यसै बिचमा ज्वरो आएको हुनाले अर्को हप्ता अप्रेशन गर्ने भन्ने Teaching Hospital बाट जानकारी दिनुभयो ।
सहयोगी मनहरुको निम्ति सहयोग गर्नको लागि उनकै व्यक्तिगत खात विवरण तल प्रस्तुत गरिएको छ ।
खातावालाको नाम :- दामोदर न्यौपाने ( DAMODAR NEUPANE) खाता नः- 20907010007030 Global ime bank,











