राष्ट्रिय न्युज ।
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–४ मलेङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही जिप दुर्घटना हुँदा कालिगण्डकी गाउँपालिका–१, स्याङ्जामा बस्ने १८ वर्षीय एलिसा सारुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ ७ः५० बजेको समयमा तानसेनबाट भालेवास तर्फ जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप मलेङ स्थिती भित्री कच्ची सडकमा उकालोमा अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार सारुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
गाडीमा ९ जना सवारमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ३६ वर्षीया निता दर्लामीको टाउँकोमा चोट लागेको हुनाल उनकोे गम्भीर अवस्था रहेको प्रहरी उपरीक्षक मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।











