पाल्पा-
‘सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न बनाईएको कानुनको प्रभावकारी कार्यन्वयनका सर्वपक्षिय” अन्तरक्रिया कार्यक्रम पुर्वखोला गाउँपालिकामा सम्पन्न भएको छ ।
उद् बुद्द माविको सभाहलमा सम्पन कार्यक्रमको अध्यक्षता प्रमुख प्रसासकिय अधिकृत सुन्दर श्रेष्ठले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष नुन बहादुर थापा प्रमुख अथिति रहेको अन्तरक्रिया कार्यक्रममा माथागढ़ी गाँउपालिकाका अध्यक्ष यम चिदी बिशेष अथिति हुनुहुन्थ्यो। संजिबीनी हेल्थ मिडिया ग्रुपले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वागत गर्नु भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान्ता आनन्द ब चन्द र स्वाथ्य मन्त्रालयका सुचना अधिकारी भक्त बहादुर केसीले लुम्बिनी प्रदेश मै पहिलो सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न ऐन बनाएकोमा तारिफ गर्दै अन्य स्थानीयतहले पनि सिको गर्नु पर्ने बताउदै सुर्ती जन्य पदार्थ नियन्त्रण गर्न घर घरबाटै जागरुक हुनुपर्ने बताउनु भएको थियो। पुर्वखोला गाँउपालिका उपाध्यक्ष भागीरथी भट्टराई सहित जनप्रतिनिधि, कर्मचारी छिमेकी पालिकाका प्रतिनिधि र बिभिन्न राजनीतिक दलका प्रतिनिधि बिभिन्न संघसस्थाका प्रतिनिधि समाजसेवी पत्रकार लगायतको उपस्थिति रहेको थियो।











