पाल्पा– बगनासकाली गाउँपालिका –१ पाल्पामा भिरबाट लडेर एक पुुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय ६५ वर्षीय कृष्णबहादुर चिदी पिपरतुङमा बस्ने रहेका छन् ।
चिदी शुक्रबार अपरान्ह सोही ठाउँको बेलटारीस्थित पूजामा जान्छु भनी घर बाट हिड्नु भएका थिए। घर अवेरसम्म पनि नफर्केपछि आफन्तले खोजी दिन भन्दै प्रहरी चौकी बर्तुङ्गमा जानकारी गराएका थिए । सोही खबर पाउना साथ प्रहरी टोलीसहित स्थानीयहरुले खोजतलास गर्दै जाने क्रममा घरदेखि तीन सय मिटर पश्चिमतर्फ रहेको भिरबाट दुई सय मिटर तल फोक्सिहर खोलामा शनिबार दिउँसो उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।











