बुटवल । कामलाई तिव्रता दिन बुटवलको नारायणगढ सडक दाउन्ने खण्ड अन्तरर्गत रातको समयमा बन्द गरेर काम गरिने भएको छ । बैशाख एक गते बाट १५ गते सम्म राति ११ देखि बिहान ५ बजेसम्म आकस्मिक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिए।
सडक विस्तारको क्रममा जीर्णबनेको सडकमा दैनिक मालवाहक सवारी साधन बिग्रिएर जाम हुने गरेको छ । वर्षायाम अगावै दाउन्ने क्षेत्रमा काम नसके समस्या हुने अवस्थालाई मध्यनजर गर्दे मर्मतका लागि पहाड काट्न रातीमा सवारी आवागमन बन्द गर्ने निर्णय भएको हो । चैत्र २७ देखि ३१ गते सम्म खाल्डाखुल्डी पुर्नका लागि दिउसो ११ देखि ३ बजे सम्म सडक बन्द गर्ने निर्णय भएको यादवले जानकारी दिए ।
शनिवार पूर्वी र पश्चिम नवलपरासीका जिल्ला समन्वय समिति प्रमुख, सडक क्षेत्रका स्थानीय तहका प्रमुख, सुरक्षा निकाय, ठेकेदार पक्ष दानउचे आना बैठकले सवारी चापका कारण सडक विस्तारको काममा असर परेको निष्कर्ष निकाल्दै सडक बन्द गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले यसअघि नै सडक बन्द नगरी लक्ष्य अनुरूप काम गर्न नसकिने बताउँदै आएको थियो । पश्चिम नवलपरासीको बर्दघाटदेखि पूर्वी नवलपरासीको दुम्किबाससम्म १८ किलोमिटर सडक जीर्ण छ।













