पाल्पा ,रामपुर नगरपालिकाले ६८ औं लराष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिका भित्रका सहकारी संस्थाहरुलाई सहकारीमा सुशासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग, जिल्ला बचत तथा ऋण सहकारी संघ, लअन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा संचालक समिति र कर्मचारीलगायतको लअभिमुखिकरण कार्यक्रममा सहभागीता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रम लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता, नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता, नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको विशिष्ट आतिथ्यता , (नेफ्स्कुन)का अध्यक्ष चन्द्र प्रसाद ढकाललगायतको आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख रमण बहादुर थापाले सहकारी प्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताउदै ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्याग्रस्त , चुनौतीपूर्ण अवस्था रहेको साथै विशेष ख्याल गरेर जुन उद्देश्यका लागि ऋण प्रदान गरिएको हो सोही अनुसार अनुगमन पनि गर्नु आवश्यक रहेको बताउनुभयो । थापाले बजार क्षेत्रमा सिमित व्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या देखिएकाले अन्य स्थानका सहकारीलाई समेत असर गरेको बताउनुभयो । बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताउदै नगर भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल गर्दै आएको बताउनुभयो । उपप्रमुख थापाले विशेष ख्याल गरेर मात्र ऋण लगानी गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी हर संघमा आवद्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधन सहितको सहकारी ऐन, प्रतिष्ठापन विद्येयक लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागतमन्तव्य , अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन महासचिव वसन्त प्रसाद ढकालले गर्नु भएको हो ।













