काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजना तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन वोर्ड, युरोपियन युनियन तथा कफी क्षेत्रका उद्योगहरुको सहकार्यमा नेपाल कफि फेस्टिभलको आयोजना एन्ड च्याम्पियन सिप २०८१ आयोजना हुने भएको छ।
कफी उद्योगको मूल्य शृङखला, अवसरहरुको खोजी, विकास प्रर्वद्धन,उत्पादन र खेतिको बिस्तार गर्ने उद्देश्यले यो फेस्टिभलको आयोजना गरिएको कफि महासंघका महासचिब सन्तोष पोखरेलले जानकारी दिनुभयो । पोखरेलले नेपालको कफिले २ महिना मात्र नेपालि बजार धान्ने साथै नेपालको कुल कफि उत्पादन ५८६ मेक्ट्रीटन रहेको आएको छ गत बर्ष २७सय मेक्टृक्टन कफि नेपालमा खपत रहेको बताउनुभयो।उहाँले गत बर्ष १०६ मेक्टृक्टन कफि नेपाल निर्यात भएको बताउदै नेपालमा भारत लगायत तेस्रो मुलुकबाट झन्डै उत्पादनको ५ गुणा कफि आयात हुदै आएको समेत बताउनुभयो ।
फेस्टिभलको कार्यक्रम संयोजकसमेत रहनुभएका पोखरेलका अनुसार यो फेस्टिभल आगामी चैत २१ गतेदेखि २३ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल हुनेछ ।
फेस्टिभलमा आन्तरिक तथा वाह्य बजार प्रर्वद्धन, उद्यमी व्यवसायीको उत्पादन, सेवाको प्रर्दशनी, कफीको राष्ट्रिय विद्यागत प्रतिस्पर्धा र पुरस्कार (क्याफे वारिस्ता, लाते अट र ब्रुइङ्ग ) लगायतका बिषयमा अवलोकनकर्तालाई जानकारी , कफीसम्बन्धि विभिन्न उपकरण, विभिन्न प्रकारका कफी, कफीका परिकार, कृषि तथा क्याफे स्थापनाका लागि आवश्यक मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग लगायतका सामाग्रीहरु फेस्टिवलमा समाबेस गरिनेछ ।













