बासुदेव ढकाल
चैत १७
रामपुर पाल्पा । शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा क्याम्पस सभा कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ क्याम्पस सञ्चालक समिति गठनका लागि शनिबार आयोजित क्याम्पस सभाले क्याम्पसका अध्यक्ष नेत्र प्रसाद भट्टराइले क्याम्पसले ३ वर्षको अवधिमा गरेका महत्वपूर्ण कार्य सहित अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेसहित आयोजित क्याम्पस सभाले विधानले गरेको व्यवस्था, अवस्था, प्रगति तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी शंशोधन सहित पारित गरेकोछ। सभाले क्याम्पसका सहप्रध्यापक सुर्य प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्य निर्वाचन समिति गठन निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
सभा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले क्याम्पस सभाको उट्घाटन गर्दै रामपुर क्षेत्रको विकासको मुख्य आधार शिक्षा र स्वास्थ्य रहेको बताउदै बढ्दो शहरीकरणका कारण कृषि क्षेत्र अघि बढाउन नसकिने अवस्था आएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गण्डकी बेशी क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको सहिद क्याम्पस पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति नहुँदा समस्या भएको बताउनुभयो ।
रामपुर नगरपालिकाका कार्यवार्हक नगर प्रमुख एवं रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले रामपुर नगर क्षेत्रमा जनसंख्या बढ्दै गएपनि युवा शक्ति पलायन हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गर्दै नगरपालिकाले क्याम्पसको उत्थानको लागि निरन्तर रुपमा सहयोग गर्दै आएको बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवि सिग्देल, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष लिला बहादुर गाहा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका अध्यक्ष अर्जुन श्रेष्ठ, एककित समाजवादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखरेल, राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरे, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं संस्थापक देवराज ढकाल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर साना शहरी खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष हजिल दिन मियाँ, स्ववियु सभापति राजन गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलको स्वागत मन्तव्य , सहायक क्याम्पस प्रमुख त्रिविक्रम खनालको धन्यवाद ज्ञापन र सहप्रध्यापक सुर्य प्रसाद घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













