बासुदेव ढकाल
चैत्र १५
रामपुर अंग्रेजी आवाशिय माध्यामिक विद्यालयमा रामपुर पाल्पाको शेयर भेला आज विद्यालयमा बसेको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा बसेको भेलामा प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष एबं लुम्विनी प्रदेश अर्थ उद्योग पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठले पाल्पा जिल्लामै संस्थागत रामपुर आवाशिय विद्यालयमा धेरै विद्यार्थी भएको र जिल्लामै पहिचान बनाउन सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ। स्काउट र राष्ट्रिय सेवा दलमा विद्यालयले गरेको विकास जिल्लामै सिको बनेको पनि बताउनु भएकोछ ।
भाइस प्रिन्सिपल खुम बहादुर थापा सारुले विद्यालयको भौतिक तथा शैक्षिक प्रगतिबारे शेयर सदस्यलाई जानकारी गराउनु भएको भेलामा विद्यालय संचालक समिति सदस्य रुद्र नारायण श्रेष्ठको सहभागितामा स्वागत गर्दै समितिले गरेको कार्य प्रगतिबारेमा जानकारी गराउनु भएको थियो । भेलामा शेयर सदस्य कमलराज भट्टराई, दोवराज ढुङ्गाना, बुद्दिराज गौतम, सुन्दर प्रसाद देवकोटा, शेषकान्त भट्टराई र फणेश्वर गौतमले जिज्ञासा सहित आफ्ना भनाई राख्नु भएको थियो ।
भेलाले जग्गा खरिद र भवन निर्माण कार्य सम्पन्न भएकोमा अनुमोदन गरेको छ। भेलाको संचालन म्यानेजिङ्ग डाइरेक्टर सूर्य प्रसाद घिमिरेले गर्नुभएको थियो। २०४८ सालमा स्थापना भएको जिल्लाकै पहिलो संस्थागत विद्यालयमा हाल ७३ जना शेयर सदस्य रहेकाछन् ।












