पाल्पा - ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ ११५ औ नारी दिवसको अवसरमा महिला समन्वय समिती को आयोजना तथा तानसेन नगरपालिका वडा न १३ को आर्थिक सहयोगमा ता न पा १३ को आ व ०८१/८२ मा विनियोजित बजेट तथा महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत स्थानीय विद्यालयमा कार्यरत बालकक्षा सहयोगि सहजकर्ता सम्मान, महिला प्रोत्साहन सम्बन्धी मनोरञ्जनात्मक खेल (घैटो फोर, सियो धागो, कुर्सी दौड र बेलुन फुटाउने ) तथा अथिती सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष टुक प्रसाद भट्टराईले नारि सशक्तीकरण को लागि पहिला महिला बाट नै सुरूवात गर्नु पर्ने बताउनुभयो ।
त्यस्तैनारी दिवसको शुभकामना दिदै कमला भण्डारी,देवि प्रसाद भट्टराई ,कृष्ण बस्याल लगाएत अतिथी हरुले महिला हिंसा अन्त्य गर्न स्थानीय तहले महिला हक हित र जागरण को कार्यक्रम गरिरहनु पर्ने बताउनु भएको उक्त कार्यक्रम महिला समन्वय समितिका अध्यक्ष मिना सरुको अध्यक्षतामा सम्पन्न भएको वडा कार्यलय सचिव कमल कुमाल ले जानकारी दिनुभयो ।













