काठमाडौं ।
नेपालि चलचित्र द्रौपति चैत ८ गतेदेखि देश तथा बिदेशमा प्रदर्शनको तयारीमा छ । कर्णालीको वास्तविक कथा रहेको द्रौपतिको टेलर बुटवलमा शुक्रबार सार्बजनिक गरिएको छ । चलचित्र द्रौपदीको प्रचारप्रशार गर्दै निर्माण पक्ष देशका विभिन्न स्थानमा दौडाहामा छ । चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको द्रौपदीको निर्माण टिम प्रचारप्रसारको क्रममा शुक्रबार बुटवलमा आएको हो ।
ऋषि आचार्यको निर्देशन तयार भएको चलचित्र डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन भएको चलचित्रले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष अवार्ड र जुरि अवार्ड पाउन सफल साथै जर्मनको प्याराडाइज फिल्म फेस्टिवलमा समेत छ्नोट भएको चलचित्रका निर्माता एवं कलाकार प्रकाश ज्ञवालीले जानकारी दिनुभयो। चलचित्रको टेलर सार्बजनिक गरेका छौ दर्शकको प्रतिक्रिया राम्रो छ निकै उत्साहित रहेको समेत ज्ञवालि बताउनुहुन्छ।












