खेमराज पाण्डे
पाल्पा,१९ फागुन लघु चलचित्र जुनि निर्माण हुने भएको छ । टेक जिएम्को लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा छायांकन र सम्पादन भने सुनिल विश्वकर्माले गर्ने भएका छन् । देशको परिस्थिती र सामाजि परिवेश साथै समसामयिक विषय वस्तुलाई कथामा समेटेर फिल्म बन्ने भएको हो। जिएम् भन्छन् फिल्मको कथाले समाजलाई सचेतनामुलक सन्देश दिन खोजेको बताएका छन्। यस अगी टेक जीएमले दुईटा डकुमेन्ट्री मुभिहरूमा कथा निर्देशन तथा सम्पादन गरिसकेका छन् ,भने उनले थुप्रै लघु फिल्महरू, म्युजिक भिडियोहरूमा निर्देशन् गरिसकेका छन्।
जुनीको सुटिङ भने चैत महिनाको अन्तिम तिर पाल्पा र बुटवल क्षेत्रको आसपासमा गरिने निर्माता पक्षले जनाएको
छ।












