पाल्पा ।
रिब्दिकोट गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको गाउँ अधिवेशनमा शुभकामना मन्तव्य राख्दै केन्द्रिय सदस्य राम प्रसाद ढकाल ले काम गर्ने मान्छे कहिले पनि पछि नपर्ने भन्दै आफू कार्यरत विद्यालय नमूना बनाउने काममा अघि बढन आग्रह गर्नु भयो ।बिश्व मा धेरै विद्यालय शिक्षकको लगनशीलता बाट नै नमुना बनेको उदाहरण दिदै अधिवेशन बाट निर्वाचित टिमलाइ शुभकामना सङ्गै संगठन निर्माण सङ्गै विद्यालयमा विद्यार्थी को भविष्य निर्माणमा बढी ध्यान दिनु पर्ने बताउनु भयो। अधिवेशनले दामोदर कंडेल को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको खुल्ला उपाध्यक्षमा जनक राज भट्टराई , महिला उपाध्यक्ष बसन्ता रायमाझी , सचिव विश्व राज नेपाल , सह–सचिव बिमला रेश्मी , कोषाध्यक्ष बिष्णु प्रसाद ज्ञवालि, सह–कोषाध्यक्ष पार्वती न्यौपाने चयन हुनुभएको छ ।साथै उक्त अधिवेशनबाट वडाको प्रतिनिधित्व हुने गरेर अन्य ८ जना सदस्यहरु सहितको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गरेको कार्यक्रम मा रिब्दिकोट गाउपालिका नयाँ नियुक्ति लिएर आउनु भएका र बढुवा हुनुभएका शिक्षक हरुलाइ सम्मान पनि गरिएको थियो ।












