पाल्पा १६ फागुन
नेकपा एमालेका बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले अहिले केहीपक्षले यो सरकार आज भोली नै ढल्छ भनेर गलत प्रचार गरेपनि, यो सरकार ८४सम्मै चल्ने दावी गरेका छन्। नेकपा एमाले पाल्पाले आयोजना गरेको वडा केन्द्रित पाटी निर्माण अभियानको अभिमुखीकरण कार्यक्रममा एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै बरिष्ट उपाध्यक्ष पोखरेलले,यो समिकरण ढल्ने कुनै कारण देखिदैन । दुई दल विच सहमती, सहकार्य र एकताबाटै सरकार संचालन भएको हरेक निर्वाचनमा मुख्य प्रतिष्प्रधी दल नेपाली काग्रेस भएपनि ऐतिहासिक परिवर्तन जोगाउन र मुलुकलाई संकट बाट बचाउन एमाले र काग्रेस विच सत्ता सहकार्य भएको बताए ।
एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै बरिष्ट उपाध्यक्ष पोखरेलले काग्रेस र कम्युनिष्टको सहकार्य आजमात्र नभई २००७ साल देखी शुरु भएको बताए । २००७ सालमा पज्रातन्त्र ल्याउन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको बहुदल ल्याउन, २०६२, ०६३ को जनआन्दोलन र २०७२ सालमा नयाँ संविधान घोषणा जस्ता राजनितिक उपलब्धीहरु ल्याउन एमालेले काग्रेस संग सहकार्य गरेर ऐतिहासिक उपलब्धिहरु हासिल गरेको बरिष्ट उपाध्यक्ष पोखरेलले जिकिर गरे २०८४ को तीनवटै आम निर्वाचनमा एमालेको प्रतिष्पर्धा काग्रेससंगै हुने भएपनि विगतका उपलब्धी जोगाउदै मुलुकलाई अस्थिरता बाट बचाउन दुई दलविच सत्ता सहकार्य भएको पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले नेता पोखरेलले कार्यकर्तालाई बताए ।
कार्यक्रममा अव कपाल फुलेका व्यक्तिहरु बाट मात्र पाटी चल्दैन, पाटी बलियो हुदैन, त्यसैले पुरानो पुस्ता, विषय विज्ञ पाका पुस्ता र तन्नेरी पुस्ता बराबर हुनेगरी एमाले पाटी नेतृत्व विकासमा जुटेको बरिष्ट उपाध्यक्ष पोखरेले बताए ।
कार्यक्रममा एमाले पोलिटिव्युरो सदस्य ठाकुर प्रसाद गैरेले वडा स्तरीय कार्यक्रमले पाटीलाई चुस्तदुस्त, फुर्तिलो, जनतामैत्री, विकासमैत्री, समावेशीमैत्री एमाले पाटी बनाउने बताए ।
वडा वडामा एमालेको निती सिद्धान्त विचार पुर्याउने, जन संगठनलाई टोल टोलमा पुर्याउने पाटी सदस्यता नविकरण लाई तिव्रता दिने चैत्र महिना भित्र पाल्पाका ८१ वटै वडाका टोल टोल बाट गाउँपालिका प्रदेश संघमा पेश गर्ने योजना संकलन गर्ने र भदौमा हुने विधान महाधिवेशनमा गाउँस्तर बाट उठेका कुराहरुलाई नितिमा समावेश गरिने पोलिटिव्युरो सदस्य गैरेले जोड दिए । कार्यक्रममा पाल्पाका १० पालिका, ८१ वटै वडा, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका पाटी सदस्यहरु, एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेको स्वागत, सचिव रामजी पोखरेलको संचालनमा भएको थियो









