काठमाडौं । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ) मा चलचित्र द्रौपतिले विशेष चलचित्र पुरस्कार पाउन सफल भएको छ । महोत्सव डा. मञ्जु मिश्रको अध्यक्षतामा फागुन ९गते देखि फागुन ११ गते २ दिन काठमाडौँको प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको हो । महोत्सवमा द्रौपतिकि नायिका आश्विनी शाहिले जुरि अवार्ड पाउन सफल हुनुभएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे , श्रीलन्काली राजदुत पुर्ण नेपाली , महोत्सवको अध्यक्ष डा. मन्जु मिश्र लगायतले चलचित्र निर्देशक ,नायिका लगायतका कलाकारलाई जुरि अवार्डले पुरस्कृत गर्नुभएको हो। पुरस्कार ग्रहण गर्न पाउदा म निकै हर्षित छु निर्देशक ऋषिराज आचार्य बताउनुहुन्छ। द्रौपतिका सम्पुर्ण कलाकारलाई यो संमान रहेको साथै सबै कलाकारहरुलाई हार्दिक धन्यवाद र बधाई दिन्छु, निर्माता प्रकाश ज्ञवालिले रास्ट्रिय न्युजलाइ जानकारी दिनुभयो।












