शिव भट्टराई, युएइ - युएइलाइ कर्मथलो बनाएर बसेका सम्पुर्ण पाल्पालिहरुको छाता संगठन पाल्पाली समाज युएइको बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
युएइको फुजेराहमा भएको बनभोज कार्यक्रममा पाल्पाली पाल्पाली चुकाउनी संगै अन्य परिकारले धेरैको मन जितेको थियो। नेपाली मौलिक संस्कृती झल्काउने नौमती बाजाको तालमा नाच्दा नेपालकै विभिन्न पर्बहरुमा नाचेको झल्को पूरा भएको उपस्थित सहभागी हरुले जनाएका थिए। साच्चिकै हेर्ने मान्छेहरुलाइ पनि कुनै बिवाहमा जन्ती जादाको भान भैरहेको थियो।
कार्यक्रममा पाल्पाली तथा अन्य जिल्लाका नेपाली गरि करिब १२०० जनाको उपस्थिती रहेको कार्यक्रमका टिकट संयोजक सन्तोष न्यौपानेले जानकारी दिनुभयो। साथै यस्तै कार्यक्रमले गर्दा एकअर्कामा परिचय हुने तथा, अप्ठ्यारोमा परेका नेपालिहरुलाइ सहयोग गर्न पनि सजिलो हुने, पाल्पाली समाज युएइका अध्यक्ष ओम कुमारी खांडले बताउनुभयो।












