

पाल्पा, २९ फागुन
पाल्पाली युवा सर्जक तथा गायक पुरुषोत्तम गैरेको नयाँ गीत पाल्पाली ढाकाको भिडियो विमोचन गरिएको छ ।
आइतवार विहान तानसेन नगगरलालीकाका मेयर असोक कुमार शाहिद्धारा गीतको भिडियो डिजिटल प्रविधि मार्फत एक कार्यक्रमका विच विमोचन गरिएको हो । पाल्पाली ढाका नामक गीतमा समग्र पाल्पा जिल्लाभरमा रहेको चिनारीका बस्तु देखि लिएर पर्यटकीय स्थानहरुलाई समेटी भिडियो निर्माण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तानसेन नगर प्रमुख असोक कुमार शाहीले गितले समग्र जिल्लालाई समेटेको र पाल्पाको भाव बोलेको भन्दै प्रसंंसा गरेका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पाली ढाका नामक गीतको भिडियो राम्रो बनेको भन्दै यसले पाल्पाको पर्यटन बिकासमा टेवा पुग्ने बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिब यज्ञमुर्ति तिमिल्सेना ता.न.पा ६ का वडा अध्यक्ष सागरमान महर्जन लागाएतले गीतको सफलताको कामना गर्दे शुभकामना ब्यक्त गरेका थिए ।
उक्त गितमा पाल्पाका चर्चित गायक नारायण रायमाझी , सेमन्त मणि खराल, पुरुषोत्तम गैरे, तेस्तै गायिका जमुना राना, कमला पोखरेल, धनमाया दिसुवाको स्वर रहेको छ भने गीतलाई पाल्पाली युवा पत्रकार तथा छायाँकार सन्तोष बस्यालले भिडियोमा उतारेका हुन् । उक्त गितका सर्जक पुरुषोत्तम गैरेले आफुले नितान्त पाल्पा जिल्लालाई समेटेर आफ्नोगाउँ ठाउको प्रचार प्रसार गर्न गित आफ्नै युवटुवमार्फत वजारमा ल्याएको बताए । तानसेन नगरपालिकाका प्रमुख असोक कुमार शाहीको प्रमुख आतिथ्यता तथा सर्जक पुरुषोत्तम गैरेको अध्यक्षता र सन्तोष बस्यालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन सुमन गैरेले गरेका थिए । उक्त कार्यक्रम मा पाल्पाका विभिन्न संघ सस्थामा आवद्ध ब्याक्तित्वहरु पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस
https://www.youtube.com/watch?v=qmpOetu-bws