पाल्पा २९ फागुन
पाल्पाको रिब्दीकोट–३, सिरुखर्कमा बस र हाइस एक आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् , जस मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
आइतबार दिउँशो करिव ३ः १५ बजे तिर पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस र गुल्मीबाट पाल्पातर्फ आउदै गरेको बा ५ ख २२८७ नम्बरको हाइस एक आपसमा ठोक्किदा दुर्घटना हुन पुगेको हो ।
दुर्घटनामा गुल्मी जिल्ला रेसुङ्गा–४, बस्ने वर्ष ७० का हेमलाल पन्थी र कपिलबस्तु जिल्ला बाढगंगा नगरपालिका बस्ने २६ वर्षका सरस्वती कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको तानसेन स्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा सामान्य घाइते हुनेहरुमा गुल्मी मुसिकोट २ बस्ने २१ वर्षकी अम्बिका परियार, इस्मा गाउँपालिका–६, बस्ने ७१ वर्षका दीपकला पोखरेल, पर्सा जिल्ला बीरगन्ज १६ बस्ने १८ वर्षका सन्दिप शाह, सोही स्थानका १९ वर्षका आनन्दकुमार सोनार, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–४, बस्ने वर्ष २४ का महेश पन्थी ,नवलपरासी बर्धघाट नगरपालिका–५, बस्ने वर्ष १९ का विशाल नेपाली ,
इस्मा गाउँपालिका ३ बस्ने ६७ वर्षकी शारदा पछाई, सोही स्थानका ६८ वर्षका प्रेमबहादुर पछाई, गुल्मी रुरु गाउँपालिका ५ बस्ने ४० वर्षका विष्णुप्रसाद श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका २ बस्ने २१ वर्षका शिव गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।














