माघ १७, पाल्पा — अध्यादेशमार्फत सरकार चलाउन खोज्ने सत्तापक्ष विरुद्ध प्रतिपक्षी दल एकजुट हुने नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ ।
अध्यादेशमार्फत सरकार सञ्चालन हुदैछ संसद्को गरिमा साथै सरकारमाथि नै गम्भीर प्रश्न उठेको पुनले बताउनुभयाे । प्रेस सेन्टर पाल्पाले तानसेनको अन्नपूर्ण होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव पुनले अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको टिप्पणी गर्नुभएको हो।
सैद्धान्तिक रूपमा अध्यादेशमार्फत शासन चलाउने सरकारको रणनीति कुनै पनि हिसाबले मान्य नहुने बताउनुभयो ।
उहाँले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नेहरूका विरुद्ध प्रतिपक्षी एकजुट भएको ‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उहाले भन्नु भयो, ‘एक सदन र अर्को सदनको बीचमा अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।'
पुनले विनाकारण संसद् छलेर अध्यादेश ल्याउन खोज्नुको अभ्यासप्रति गम्भीर प्रश्न उठेको छ , संसद्ले कानुन बनाउनुपर्नेमा अवहेलना गर्दै अध्यादेश जारी गर्नु भनेको सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको समेत बताउदै पुनले
दलहरुमासमेत बहस नगर्ने तर जनप्रतिनिधिको संसद्ले कानुन बनाउनुपर्नेमा कार्यकारी वा सरकारको जबर्जस्तिमा गर्दै आएको , सरकार जबाफदेही बन्न नसकेको प्रति उपमहासचिव पुनले आक्रोश व्यक्त गर्दै सरकारलाई जवाफदेही बनाएर स्वेच्छाचारी ढङ्गले काम गर्न नदिनेमा प्रतिपक्षी एकजुट हुने बताउनुभयो।
संसद् र प्रमुख प्रतिपक्षीले जनताको लोकतान्त्रिक अधिकारको संरक्षण गर्ने जिम्मेवारी भएकाले सोही अनुसार नै संसद्मा जोडदार कुरा राख्ने साथै बिरोध जनाउने बताउनुभयो।













