पाल्पा :प्रदेश स्थापना दिवसको अवसरमा सोमवार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।
आइतबार दाङमा बसेको मन्त्री परिषदको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा सार्बजनिक बिदा दिने निर्णय गरेको हो। लुम्बिनी प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयले जानकारी दिनुभयो ।
साथै पाण्डेयले प्रदेश सरकारले सोमवार विविध कार्यक्रम गरी लुम्बिनी प्रदेशको राजधानी दाङमा स्थापना दिवस मनाउने तयारी गरिएको समेत बताउनुभयो ।













