माथागढी पाल्पा - पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप अभियानको अभिमुखिकरण कार्यक्रम माथागढी १ चिदीपानीमा सम्पन्न भएको छ।
पाठेघरको मुखको क्यान्सर रोक्न १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरु र ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर एच.पि.भि. खोप अभियान सुरु हुने भएको हो ।
चिदीपानी स्वास्थ्य चौकि द्वारा आयोजना गरेको वडा स्तरीय खोप समन्वय समिति तथा स्वयमसेबिका हरुलाइ चिदीपानी स्वास्थ्य चौकिका प्रमुख धुर्ब बहादुर सुनारले अभिमुखिकरण गर्नुभएको थियो। माघ २२ गतेदेखि २८ गतेसम्म माथागढी १ चिदीपानीका ४ बिध्यालय जाउपोखरा आ बि मा २२ गते, आदर्श आबि २३ गते , ज्ञानोदय आ बि मा २४ गते , सौभाग्य माबिमा २५ गते गरि जम्मा १२५ छात्राहरुलाई एच. पि. भि . लगाउने कार्यक्रम रहेको हुदा कुनै भ्रममा नपरी ढुक्कसङ्ग खोप लगाउन र लाउने कार्यमा सकारात्मक बातावरण निर्माण गर्न वडा अध्यक्ष तथा वडा स्तरिय खोप समन्वय समितिका सम्योजक राजकुमार पन्थीले सबैलाई आग्रह गर्नुभयो। साथै उहाँले बिध्यालय भन्दा बाहिर रहेका १० देखि १४ बर्ष मुनिका किशोरी भए उनिहरुको पहिचान गरि खोप लाउने कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो।
कार्यक्रमा वडा समन्वय समितिका सम्पुर्ण पदाधिकारी कार्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्य हरु डुकुल गाहा, टोल ब मश्राङ्गी, लिला कुमारी बिक वडा सचिब राजु ज्ञवाली , सुनिल लामा, बिभिन्न बिध्यालयका प्र अ हरु, महिला स्वास्थ्य स्वयमसेबिका, कर्मचारीहरु उपस्थित भएको कार्यक्रम खोप समन्वय समितिका सम्योजक राजकुमार पन्थीको अध्यक्षता मनिसा लोहोनीको स्वागत निशा चिदीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो।














