बासुदेव ढकाल रामपुर -
शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा गत पुष १६ गतेदेखी २३ गते सम्म भएको श्रीमदभागबत ज्ञान महायज्ञ एब धार्मिक महोत्सवको आम्दानी तथा खर्च सार्बजनिक गरेको छ ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष एबं अर्थ संकलन समितिका संयोजक सुकदेब पोखरेलले आम्दानी खर्च सार्वजनिक गर्दै ३ करोड ६५ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ आम्दानी र ६१ लाख २३ हजार ७ सय ८७ रुपैयाँ खर्च भएको विवरण सार्वजिनक गर्नु भएको हो। महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको पत्रकार एबं सरोकारवालाहरुको उपस्थितिमा शनिबार एक कार्यकंम गरी महायज्ञको आमदानी र खर्च सार्वजिनक भएको हो।
क्याम्पसमासंकाय थप सिपमुलक शिक्षा र छात्रबास भवनको स्थापना गर्ने मुल उदेश्यका साथ संचालन भएको श्रीमदभागबत ज्ञान महायज्ञ एब धार्मिक महोत्सवमा नगद १ करोड ४२ लाख ९७ हजार ९ सय ४२ रुपैयाँ, जग्गाबाट घोषणा भएको १ करोड ७० लाख ६९ हजार ३ सय ३३ रुपैयाँ, धान बिक्रीबाट १७ लाख ४५ हजार २८ रुपैयाँ ,चामल विक्रीबाट ६२हजार ८सय ७९ रुपैया र कलश विक्रीबाट २ लाख ७७ हजार २ सय ४२ रुपैया आम्दानी भएकोछ ।त्यसै गरी खर्च तर्फ पण्डित तथा वाचन सम्बन्धि खर्च १६ लाख ,दान दक्षिणा तथा अन्य ३लाख ६हजार एक सय,बाजागाजा भजन कृतन पन्चेवाजा १ लाख ३५हजार ,सम्मान तथा प्रमाणपत्र १३ लाख ४७ हजार ४ सय,ब्यबस्थापन १९ लाख ९८ हजार २ सय २० रुपैया, खाना खाजा प्रसादी ४ लाख ५ हजार ५ सय,धान संकलन खर्च १ लाख ६४ हजार ४ सय १० रुपैया र प्रचार प्रसार भिडियोग्राफी खर्च १ लाख ६७ हजार १ सय ११ रुपैया खर्च भएको जनाएको छ।
सहभागीले राखेको जिज्ञासमा जग्गा मुल्याङ्गकन उपसमिति संयोजक केशव पोखरेल र लेखापाल प्रकाशचन्द्र सिग्देलले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका अध्यक्ष भट्टराईले महायज्ञ सफल पार्न सहयोग गर्नुहुने नगद दानदाता जग्गादाता लगायत विभिन्न समितिमा रहेर काम गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको संचालन क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले गर्नुभएको थियो । शहिद क्याम्पसको प्राङ्गणमा भएको कार्यक्रममा महायज्ञ सफल विभिन्न उपसमितिमा रहेर काम गर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । महायज्ञमा प्रमुख कथा बाचक पण्डित दिनबन्दु पोखरेलको मुखारबिन्दबाट संगीतमय शैलिमा कथाबाचन भएको थियो । 













