नेपालि चलचित्र निर्माता एवं निर्देशक ऋषिराज आचार्य कृत ,पाल्पालि निर्माता प्रकाश ज्ञवालिको अभिनय रहेको नेपालि चलचित्र द्रौपतिको टिजर भोलि अथार्थ सोमबार ५ बजेर ४५ मिनेटमा आर बि मोभिजले सार्बजनिक गर्ने भएको छ।चैत्र ८ गतेदेखि अमेरिका,अस्ट्रेलिया ,क्यानेडा लगायत नेपालभर प्रदर्सनको तयारीमा रहेको चलचित्र द्रौपतिको टिजर सार्बजनिक भोलि हुदैछ उत्साहित छु।निर्माता प्रकाश ज्ञवालिले रास्ट्रिय न्युजलाइ जानकारि दिए।
कर्णालिको कला ,सस्कृति र गाउँले परिवेशलाई केन्द्रित गर्दै निर्माण गरिएको चलचित्र द्रौपतिआरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तुको फिल्ममा रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यले अभिनय गरेका छन् ।
ओडले संगीत दिएका छन् । निर्मातामा आचार्य र ज्ञवाली छन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन, विजय आचार्यको कला, मोहन झिल्लुको छायांकन छ ।
फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे–फोक्सुण्डो लगायतका थलोमा खिचिएको छ ।













