ज्ञान र बिज्ञानको आधार श्रोत शिक्षा
शिक्षाको उज्यालो घामवाट हाम्रा कुनै पनि बालबालिका वन्चित हुन नपरोस् भन्ने नीति भएतापनि उत्पादित शैक्षिक जनशतक्ति बेरोजगार रहन नपरोस भन्ने राष्ट्र्यि शिक्षानीति नभएको सन्दर्भमा समयसापेक्ष उत्पादित शैक्षिक जनशक्तिलाई रोजगारको अवसर दिने मुल उद्देश्यका साथ आजको शिक्षानीति निमार्ण गर्न जरुरी छ विद्यालय शिक्षा पश्चात् हाम्रा कलिला बालबालिका ठूुलो संख्यामा हाम्रो गन्तव्य विदेश हाम्रो भेट खाडिमा भन्नुपर्ने वाध्यकारि शिक्षानीति द्वारा उत्पादित ठूलो जनशतिको गन्तव्यको खोजि गर्न जरुरी छ । हाम्रा नागरिकले वैदेशिक विश्वविद्यालय र वैदेशिक रोजगारको मोहलाई अन्त्य गर्दै उत्पादित जनशति राष्ट्र् निमार्णको मुल प्रवाहमा सरिक हुने अवसर शिक्षानीतिले लिनुपर्ने देखिन्छ ।
हाम्रो वर्तमान शिक्षा नीति र हाम्रा पाठ्यक्रम कति व्यवहारिक छन् रु नैतिक शिक्षा अनुशासन राष्ट्र्प्रेम हाम्रो भाषा संस्कृति हाम्रो सभ्यता प्रति हाम्रो पाठ्यक्रम र सरकारी नीति उदासिन देखिन्छ । वर्तमान परिवेशमा हुनेगरेका विविध विकृति विसंगति छाडा प्रवृति अनुशासनको अभाव नैतिक शिक्षाको वेवास्ता हुनमा हाम्रो शिक्षानीति कति जिम्मेवार छरु हाम्रा विद्यार्थी कति स्वावलम्वि छन् कतिपय विधालयमा वेलामौकामा सुनिने गरेका घटनाले हाम्रो समाजमा कस्तो सन्देश प्रबाह गरेको छ । हाम्रा अभिभावक विद्यालय प्रति कति विश्वस्त छन् हामीले कस्ता नागरिक उत्पादन गर्यौ हाम्रो समाज कता उन्मुख छ हाम्रो राष्ट्र्र्यि शिक्षा नीति निमार्ण गर्ने राज्य संयन्त्र संन्चालनमा रहेका उच्च पदस्थ व्यक्तिले विधालय वा उच्च शिक्षा हासिल गर्दा किन नैतिकवान र अनुशासीत र राष्ट् हित गर्नेतर्फ उन्मुख नभई चरम भष्ट््चारमा संलग्न हुन पनि नैतिक शिक्षाको अभाव भन्न सकिन्छ ।
हाम्रा पाठ्यक्रममा पूर्वीय दर्शन र संस्कृत शिक्षाको औचित्यलाई स्वीकार गर्न किन सकेनरु आज किन पाश्चात्य मुलुकहरूमा पूर्वीय दर्शन, वैदिक परम्परा, हाम्रो सभ्यता, हाम्रो संस्कृतिले व्यापकता लिएको छ । हामीले हाम्रो सभ्यता हाम्रो संस्कृति हाम्रो भाषालाई चिन्न सकेनौ कस्तुरीले आफ्नो सुगन्धको खोजिमा भौतारिएझै हामी वाह्य प्रभावमा आत्म समपर्ण गर्यौ हामिले हाम्रो गन्तय भुलेर अधोगति तर्फ उन्मुख भयौ । हाम्रो राज्य संयन्त्र राज्य प्रति वेखवर हुदै गईरहेको छ ।हाम्रा कलिला बालबालिकाले विधालय शिक्षा पश्चात यहाँ पढेर हदैन यहाँ बसेर हदैन अब हाम्रो भेट खाडिमा भन्ने भनाई कति मार्मिक छ देशमा किन शैक्षिक वेरोजगार वढेका छन् ।ठूलो संख्यामा शैक्षिक वेरोजगार विवशता पूर्वक वैदेशिक शरणमा पुगेका छन् । राज्य संयन्त्रले समयसापेक्ष रोजगारको अवसरदिन किन सकेनरु यी र यस्तै तमाम समस्यालाई राज्यको शिक्षानीतिले किन सम्वोधन गर्न सकेनरु हाम्रो शिक्षा नीतिले राष्ट्र् निर्माणमा इमान्दार दक्ष जनशति उत्पादन गरी समुन्नत राष्ट् निमार्णको मूल प्रवाहमा हाम्रो शैक्षिक जनशति ब्यवस्थापन गर्न किन सकेन रु
अबको हाम्रो शिक्षानीतिले राष्ट्र्प्रेम, नैतिक, अनुशासीत, इमान्दार ब्यवसायिक, स्वाबलम्वी हाम्रो भाषा कला सस्कृति र हाम्रो सम्पदाको संरक्षण सम्बर्धन गर्दै उत्पादित शैक्षिक जनशति लाई सरकारले जवाफदेहि सहित रोजगारको प्रत्याभुत गर्न जरुरी छ । विध्यार्थीको भविश्य सुनिश्चित हुने शिक्षा नीतिको अवलम्बन गर्न सके अनुशासीत इमानदार जनशतिmको वृद्धि हुनसक्छ अबको हाम्रो शिक्षानीतिले यिनै बिषय बस्तुलाई सम्बोधन गर्न जरुरी छ ।
कमल अर्याल













