२ पुष पाल्पा।
पाल्पाका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उनिहरु बताउछन । चप्पल बिक्रीबाट राम्रो आम्दानी भएपछी बगनासकालि गाउँपालिका २ र ३ का महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्।
बगनासकाली गाउँपालिका–२ पोखराथोकका कल्पना विक ले परालको चप्पल बनाएर बिक्री गर्न लागेको ४ वर्ष भयो। अहिले उहाले दैनिक ३ देखी ४ जोर चप्पल बनाउनुहुन्छ। पहिले बिक्री गर्न निकै समस्या रहेको बताउदै,अहिले माग धेरै हुदा माग गरेजति बुनेर पुर्याउन भ्याइनभ्याइ भएको बताउनुभयो। सुरुका दिनमा आम्दानी नहुदा पनि विचलित नभइ काम गरेको बताउदै पछिल्लो समय महिनामा २० हजार देखी २५ हजारसम्म आम्दानी हुने गरेको उहाको भनाइ छ ।
बगनासकालि गाउँपालिका–३ की लक्ष्मी कुवँरले पनि तालिमबाट चप्पल बनाउन सिकेपछी राम्रो आम्दानी भएको बताउनुभयो । आजसम्म लिएका तालीम व्यवहारमा ल्याउन नसकेपनी परालको चप्पल बनाउने तालीम तालीममा मात्र सिमित नभइ राम्रो आम्दानीको स्रोत बनाउन सफल भएको बताउनुभयो।
राधिका गहतराजले पनि परालको चप्पल बनाउएर राम्रो कमाइ गरेको बताउनुभयो। सात दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेको बताउदै परालको काँटछाँट गरी मोटा र मसिना डोरा बुनेर चप्पल बनाउन सिकेपछी दैनिक जिवनयापनमा सहज भएको उहाको भनाइ छ ।
पछिल्लो समयमा परालबाट बनाइएको चप्पलको माग बढ्दै गएपछि आफूहरूले यो पेशामा आर्षित गर्न तालिम दिएको बगनासकाली गाउँपालिकाका प्रमुख सरस्वती चिदिले बताउनुभयो। तालिमपश्चात् व्यवसायीक रुपमा काम गर्नेलाई आफूहरूले आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताउनुभयो।
उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् । सय रुपैयादेखी एक सय पचास सम्म मूल्य पर्ने परालको चप्पल क्रियापुत्रीले लगाउछन्।














