२९ मंसिर पाल्पा।
पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीको सम्युक्त प्यानलका उम्मेदवार कमलराज तिमिल्सिना विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा तिमिल्सेना अध्यक्षमा निर्वाचित हुनुभएको हो । तिमल्सेनाले ५२ मत ल्याउँदा उहाका निकटतम प्रतिद्वन्द्वी कृष्ण दर्नालले ११ मत ल्याउनुभएको छ। दर्नाल प्रेस सेन्टरका तर्फबाट चुनाव लड्नुभएको थियो।उपाध्यक्षमा मुक्तिप्रशाद न्यौपाने र बन्दना पोखरेल,सचिव रामचन्द्र रायमाझी,सह सचिव दान बहादुर हिस्कि,दुर्गेश मल्ल,कोषध्यक्षमा बिजय वौडेल बिजयी भएका छन।
त्यस्तैगरी सदस्यमा नेत्र गैरे,दयाराज न्यौपाने,सुनिल कार्की,दिपक ढुंगाना,शुसिला रेग्मि,हरि बहादुर बि क,धा बहादुर ठाडा विजयी हुनुभएको छ। केन्द्रिय परिषद् सदस्य यज्ञमुर्ति तिमिल्सिना ,सितादेवि डोटेल,राजेन्द्र लिगल र प्रदेश परिषद् सदस्यमा कृष्णप्रशाद पोखरेल,दिपक भट्राइ,पवित्रा घिमिरे र इमानसिंह राना विजयी भएको निर्वाचन मण्डलले जनाएको छ।












