सुमन कार्की ।
पाल्पा-तानसेनमा सञ्चालन भइरहेको तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी तानसेन वडा न २ ले हात पारेको छ । ब्याडमिन्टन प्रतियाेगितामा वडा न ३ दाेस्त्राे भएका छन । भने तृतीयमा तानसेन वडा न ७ भएका छन । तानसेन वडा न १ काे कबर्डहलमा सञ्चालन भएको प्रतियाेगिताकाे समापन तानसेन वडा न ४ का वडा अध्यक्ष एवम तानसेन नगरपालिका खेलकुद समितिका संयाेजक हेमन्त राज शाक्यकाे अध्यक्षतामा भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताउनुभयो । यस्ता प्रतियोगिताहरूले नगरका युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउने मात्र नभई, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीका रूपमा अघि बढ्न प्रोत्साहन गर्ने बताउनुभयो । यो प्रतियोगिता नगरपालिकाको खेलकुदप्रतिको प्रतिबद्धताको एउटा उदाहरण हो । आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलाडीहरूलाई आवश्यक सहयोग र सुविधाहरू उपलब्ध नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रमका तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला,तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,पाल्पा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बसन्त बज्राचार्य लगाएतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा तानसेन नगरपालिका खेलकुद विकास समिति संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई, समाजलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम रहेको बताउनुभयो । तानसेन नगरपालिकाले खेलकुद क्षेत्रको महत्वलाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रको समग्र विकासका लागि खेलकुद विकास समिति गठन गरेको बताउनुभयो । स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न, खेलकुदका पूर्वाधार निर्माण गर्न र विभिन्न प्रतियोगिताको आयोजना गरी खेल संस्कृतिको विस्तार गर्न योजनाबद्ध कार्य अघि बढाएकाे बताउदै अहिले नगर सरकारले नगरस्तरीय दाेस्त्राे मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिता सञ्चालन गरेको बताउनुभयो ।












