पाल्पा।
तानसेन नगर स्तरीय दोस्रो संस्करणको मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०८१ को खेल तालीका सार्वजनिक गरेको छ। तानसेन नगरपालिकाले आज खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको उद्घाटन खेल १६ गते आइतबार वडा नम्बर ९ र वडा नम्बर १२ विच दिउँसो १२:३० बजे हुने
उद्घाटन खेल तानसेन टुडिखेल मैदानमा हुनेछ ।
मङ्सिर २५ गतेसम्म चल्ने प्रतियोगितामा ११ वटा वडाले सहभागिता जनाउने खेल संयोजक पुर्ण राज शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय एघार र उपविजेता हुनेले ५० हजार ५ सय ५५ रुपैया सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।प्रतियोगिताभर उत्कृष्ट बलर,उत्कृष्ट ब्याटस् म्यानले दुइ हजार पाच सय रुपैयाँ पुरस्कार पाउने छ्न ।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पाच हजारले पुरस्कृत गर्ने संयोजक शाक्यले जानकारी दिनुभयो ।प्रतियोगिताको फाइनल खेल मंसिर २५ गते हुनेछ।