पाल्पा ।
लायन्स क्लब अफ श्री नगर को आयोजना र पाल्पा टेक्निकल ईन्स्टिच्युट को प्राबिधिक सहयोग मा कालिका आधारभुत बिध्यालय बग्नास्कालि ९ झिर भन्ज्याङ मा डाइबितिज रोग बारेमा सचेतना तथा रोग जाच सिबिर सम्पन्न भएको छ।कार्यक्रम मा प्रमुख अतिथि लुम्बिनी प्रदेश का सभासद माननीय बिर बहादुर राना ले लायन्स क्लब ले गाउँ = गाउँ मा आयर स्वास्थ सिबिर सन्चालन गरेर समाज मा राम्रो काम गरेको मा प्रसम्सा गर्नु हुँदै क्लब लाइ आवश्यक परेमा आफुले सहयोग गर्न तयार भएको बताउनु भयो।विशिष्ट अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय 325 पि का( को= चिफ एडभाइजर )राजेन्द्र लिगल ले लायन्स क्लब सन्सार को सबैभन्दा ठुलो सामाजिक संस्था भएको ले विभिन्न समय मा देश मा दैबि बिपत्ति पर्दा सबैभन्दा पहिलो पटक लायन्स का अन्तर्राष्ट्रिय र त्याहा सलग्न स्वयंसेवक हरु पुगेर सहयोग गर्दै आयको र अहिले यस गाउँ मा आयर सेवा गर्न पायको मा खुशी व्यक्त गर्दै आयोजक लाइ केन्द्र को तर्फबाट बधाई दिनु भयो ।कार्यक्रम मा क्लब का अध्यक्ष कपिल कृष्ण कार्कि ले सिबिर मा सहयोग गर्ने सस्था हरु लाइ माया को चिनो प्रदान गर्नु भयो। सिबिर मा १५० जना को सुगर रोग जाच गरिएको कार्यक्रम समयोजक सुर्य बश्याल ले जानकारी दिनु हुदै सहयोग गर्ने सम्पुर्ण लाइ धन्यवाद दिनु भयो।क्लब का सचिव प्रेम राज खराल को सन्चालन मा कार्यक्रम सम्पन्न भएको थियो।