नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उद्धेश्यका साथ रुपन्देही डान्स स्टारको चौथो संस्करणको अडिसन राउन्ड सम्पन्न भएको छ ।
छमछमी कला केन्द्रको आयोजनामा शनिबार देखि बुटवलमा रुपन्देही डान्स स्टार सिजन ४ शुरू भएको हो ।
प्रतियोगितामा अडिसनमा सहभागि १०२ जनाबाट ६० जना छनोट भई ओपन राउन्डमा पुगेको छमछमीका संचालक किशोर थापाले बताए । उनले अडिसन शनिबार देविनगरस्थित गार्गी एकेडेमीमा भयो,अडिसनमा सहभागीहरु प्रत्येकले २ मिनेटको प्रस्तुति देखाए,१०२ जनाबाट ६० जना छनोट भए ।´
प्रतियोगितामा सिंगल डान्समात्र राखिएको उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने उनले बताए ।
एक महिनासम्म विभिन्न चरण हुदै चल्ने प्रतियोगितामा नेपाली र अग्रेजी गितमामात्र प्रतियोगीले आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए ।
नृत्य प्रतियोगिताको नाममा बजारमा बिकृति छाएको भन्दै उनले यो प्रतियोगितामा वर्कसप, एसएमएस भोटिङ जस्ता कुनै पैसा उठाउने काम नगर्ने दाबी गरे । ओपन राउन्ड मंसिर ८ गते हुनेछ ।फाईनलमा भने निर्णायकको ६० प्रतिशत र प्रवेशवापत दर्शकको टिकटको भोटिङ ४० प्रतिशत निर्णायक हुने उनले बताए ।













