बुटवल ७ दिपनगरमा रहेको लोकवाणि सहकारीको सातौं वर्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष राधा ज्ञवालिको अध्यक्षता तथा नेपाली कांग्रेस संसदीय दलका नेता एवं लुम्विनी प्रदेशसभा सदस्य जमूना ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सहकारी सबल बनाउनको लागि शेयर सदस्यहरुले खबरदारी गर्नुपर्ने बताईन् । उनले सहकारीका शेयर सदस्यहरुले ध्यान दिएमा सहकारी बलियो बन्ने तर्क गरिन् । कार्यक्रममा कार्यक्रममा वि.पि.कोइराला अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, वुटवल उपमहानगरपालिका वार्ड नं. ७ का जनप्रतिनिधी सन्दिप खनाल, कल्याणकावी बहुउद्देश्यीय सहकारी सामाका अध्यक्ष लक्षमण आचार्य क्षेत्री, अतिथी संस्थापक अध्यक्ष सीता कार्की , सिद्देश्वर लाल’ कुमारी उच्च माविका अचार तथा सल्लाहकार दिनानाथ गीरि लगायतले बोलेका थिए । साधारणसधभामा कोषाध्यक्षको प्रतिवेदन गीता अर्याल , लेखा समितिको प्रतिवेदन तुलसा चापागाई र अध्यक्षको प्रतिवेदन पारित भएको छ । सो अवसरमा कक्षा १२ उतिणर् २ जना छात्र छात्रालाई सम्मान तथा १ जना जेष्ठ नागरिक तथा १ जना असल ऋणिलाई सम्मान गरिएको थियो ।कलावति गीरि स्वागत तथा सचिव हेमकान्ति पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।