पाल्पा।
तानसेन नगरपालिकाले गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । ससानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “दूरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन घुम्ती शिविर सुरु गरेका हौँ ।”
तानसेन नगरपालिका–१२ मा आइतबार सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा ६३२ जनाले सेवा लिएका छन् । नगरपालिकाले प्रदान गर्ने सबैखाले सेवा जनताले आफ्नो घरआँगनमा पाउँदा खुसी देखिएको जानकारी दिँदै भोलिका दिनमा पनि जनताको जीवनस्तर अभिवृद्वि गर्ने कार्यमा आफू निरन्तर लागिपर्ने तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङजालिले बताउनुभयो । उहाले नगरको क्षेत्रबाट टाढा रहेका सेवाग्राहीलाई नगरले प्राथमिकताका राखेर यो कार्यक्रम राखिएको बताउनुभयो ।नगरपालिकाले गरेको घुम्ति शिविरमा नगरपालिकाबाट सेवा प्रवाह हुने सम्पूर्ण सेवा नागरिकको सहजताका लागि एकैसाथ प्रदान गर्न शिबिरको आयोजना गरिएको तानसेन नगरपालिकाका प्रशासकीय प्रमुख हरिराम नागिलाले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ अन्तर्गत परिवार नियोजन,सुरक्षित मातृत्व,गर्वभती परिक्षण,क्षयरोग परिक्षण,VIA परिक्षण,सुगर,प्रेसर जाँच हुनेछ।
त्यस्तै कृषि अन्तर्गत उन्नत जातको बिउबिजन वितरण,विभिन्न अनुदानको सुचनाको माग गर्ने,कृषक समुह दर्ता तथा नविकरण,पशु अन्तर्गत बिरामी पशु पक्षिंहरुको उपचार,पशु बन्ध्याकरण,पशुजन्य औषधि वितरण,गोबर परिक्षण,पशुहरुमा रेबिज विरुद्धको खोप,पञ्जिकरण एवं नागरिकता सिफारिस अन्तर्गत जन्म दर्ता ,बसाइँसराइ दर्ता ,मृत्यु दर्ता,विवाह दर्ता लगायतका दर्ता साथै सामाजिक सुरक्षा सम्बन्धि सेवा,र नागरिकता सिफारिस,ज्येष्ठ नागरिक परिचयपत्र अपांग परिचयपत्र वितरण ,राजस्व अन्तर्गत व्यवसाय दर्ता ,नविकरण,जग्गाको तिरो बुझाउने,योजना अन्तर्गत योजना सम्झौता र घरनक्सा अन्तर्गत नक्सा पास,घर कायम र आवस्यकताका आधारमा अन्य सेवा पनि दिने नगरपालिकाले जनाएको छ।
एकीकृत घुम्ती शिबिर बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म संचालन हुनेछ । शिबिर कार्तिक ४ गतेदेखि कार्तिक १४ गतेसम्म विभिन्न वडामा संचालन हुनेछ।
कुन वडामा कहिले सन्चालन हुँदै छ त शिविर हेर्नुहोस।
तस्बिर














