पाल्पा
गुल्मेली चेलिवेटी समूह पाल्पाले दर खाने तथा शुभ कामना आदानप्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
गुल्मी जन्मथलो भई विभिन्न कामको सिलसिलामा पाल्पालाई कर्मथलो वनाएर वसेका चेलीवेटीहरुले बर्षको एक पटक आफू आफुहरु जुटेर दरखाने कार्यक्रम आयोजना गरेका हुन ।
विगत ३ वर्षअघि देखि गुल्मेली चेलिवेटी समूह गठन गरेर हरेक वर्षको एक पटक गुल्मेली चेलिवेटी भेटघाट गरि नाचगान तथा परिचयात्मक कार्यक्रम राख्दै आएको यस समुहले यो वर्ष तानसेन टुडिखेल स्थित होटल ताजमा दरखाने कार्यक्रमको आयोजना गरेको हो ।
गुल्मेली चेलिवेटी समूह पाल्पाकी अध्यक्ष रमा पन्थको अध्यक्षतामा चलेको दरखाने कार्यक्रममा करिव एक १०० जना भन्दा वढि गुल्मेलि चेलीहरुको उपस्थिति रहेको थियो ।











