९ भदौ
नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिका वडा नं. ७ को दोश्रो वडा सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मेलनले डम्बर बहादुर गौचनको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा बालकृष्ण भुसाल, सचिबमा मुक्ति अधिकारी,सहसचिब सिता कुँवर,कोषाध्यक्ष ससी पौडेल निर्बिरोध निर्वाचित रहेका छन । यस्तै १८ सदस्य निर्बिरोध निर्वाचित भएका छन भने ३ सदस्यलाई मनोनित गरिने निर्वाचन कमिटिले जानकारी दिएको छ । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्याक्रममा बोल्दै उहाँले २०८४ को निर्वाचनमा माओबादी केन्द्र एक्लै निर्वाचन लड्ने बताउनु भयो ।
नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुर्दशन बरालले माओबादी एक बन्दै आगामी निर्वाचनमा जानु पर्नेमा जोड दिनुभयो । यस्तै नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज निर्मल जिसी, बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल, सागर न्यौपाने, पुष्पराज ढकाल, सिता कुँवर, मुक्ति अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए ।











