बुटवल
बुटवलमा दोस्रो जुत्ता चप्पल ब्यापार मेला २०८१ लाग्ने भएको छ । भदौ ९ गते आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिषरमा जुत्ता मेला लाग्ने भएको हो । नेपाली लुगा घरको आयोजनामा दशैसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मुलाको आयोजना गरिएको बताउनुभयो ।
मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने
बुटवल मिलन चोकमा रहेको डेल्टा मार्टका परिषरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था परिएको भुसालले जानकारी दिनुभयो । उहाँले पहिलो प्राथमिकता ग्राहकलाई दिइएको मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने जानकारी दिनुभयो । दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावरको कारोबार हुने संयोजक भुसालले जानकारी दिनुभयो । केही समय अगाडि आगलागीबाट डेल्टा मार्टले करोडौको नोक्सानी बेहोर्नु परेको उल्लेख गर्दै भुसालले जुत्ता मेलाबाट अगाडि तग्रिन लागेको प्रतिकृया दिनुभयो । मेलामा सबै उमेर र वर्गका लागि जुत्ता चप्पल राखिने बताइएको छ ।
हिन्दुहरुका चाडपर्वहरुलाई लक्ष्यित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरु रहने फुटवेयर मेनिफेक्चरिङ्ग एशोसियशन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिनुभयो ।