पाल्पा
पाल्पाको तानसेनमा अवस्थीत मोहनकन्या माध्यमिक विधालयको कक्षा ९ र १० का किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा समबन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। तानसेन नगरपालिकाको समन्वय तथा पाल्पा जेसिजको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा दिइएको हो । मोहन कन्या मा वि का अध्यक्ष विधान श्रेष्ठको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि विधालयका प्रधानाध्यापक दिपक ज्ञवालीको अतिथ्यतामा संचालन भएको कार्यक्रममा उमेर अनुसारको वृहत यौनिकता शिक्षा, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन लगायत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक जेसी कला दाहाल,महासचिव जेसी विजय कार्की, प्रशिक्षक निर्मला रेगामी र कुन्ती बराल,आस्था पाठक, एजिना खनाल रहनुभएको थियो। विधालयका कक्षा ९र १०का ७० जना किशोरीहरुको सहभागिता रहेको थियो । किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि क्षमता विकास गरि समाजमा यौन तथा प्रजनन् स्वास्थ्य समवन्धि समस्याहरुलाई न्यूनिकरण र चेतना वृद्धि गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन गरिएको महासचिव जेसी विजय काकीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले यस्ता कार्यक्रम गर्नुको मुख्य उदेश्य समाजमा चल्दै आएको कुरिति र कु प्रथाको अन्त्य गर्नु रहेको बताएका थिए । अहिलेको समाज प्रविधिको समाज हो । किशोरीहरु परिवर्तनका संवाहक रहेकोले यस विषयमा किशोरीहरुलाई क्षमतावान वनाएमा समाजमा बाल विवाह, महिला हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा, कुप्रथा तथा शारिरिक हिंसाको न्युनिकरण गर्न सकिने उनिहरुको भनाइ थियो ।
त्यसैगरि, कार्यक्रममा विधालयका अध्यक्ष श्रेष्ठले यस्ता तालिमले विशेषगरि वाल विवाह, महिला हिंसा न्युनिकरण गर्न सहयोग पुग्ने बताउनुभयो । साथै, कार्यक्रममा सहजिकरण निर्मला रेगामी, कुन्ती बराल,आस्था पाठक, एजिना खनाल गर्नु भएको थियो ।











