साउन ३० पाल्पा
सप्तपथ युवा क्लबको आठौं बार्षिक उत्सव तथा महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा सांस्कृतिक विषेश कार्यक्रम माथागढी १ चिदीपानीमा हुने भएको छ । भदौ २१ गते क्लवले चिदीपानीको सौभाग्य मा.वि.को प्राङ्गणमा सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष शिव प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
कला, संस्कृतिको संरक्षण गर्न क्लवले १ दिने विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दे आएको छ । क्लवले कार्यक्रमबाट संकलन भएको केही रकमले वडा भित्र पर्ने मन्दिर रङ्गरोगन, पाटि पौवा रङ्गरोगन गर्ने जनाएको छ । ‘सामाजिक कार्य ,हाम्रो अभियानः कला, संस्कृति र भेषभूषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ क्लवले सांस्कृतिक विषेश कार्यक्रमको आयोजना गरेको क्लवका कोषाध्यक्ष गोविन्द काफ्लेले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक गायक तथा रोईलागीतका राजा भनेर चिनिने शिरिष देवकोटा, राष्ट्रिय लोक गायिका कल्पना कुसुम, राष्ट्रिय लोक गायिका सीता श्रेष्ठ, राष्ट्रिय लोक गायक गणेश अधिकारी, लोकगायक तथा सर्जक कमल भट्टराई,हाँस्यकलाकार बिष्णु जि पाण्डे(माइला बा) गायक तथा कार्यक्रम सञ्चालक आर.जे.रास्कोटी मगर लगाएत स्थानीय कलाकारहरुको बोजोड प्रस्तुती रहने छ। साथै स्थानिय कला सस्कृतिको समेत विषेश प्रस्तुति रहने आयोजकले जनाएको छ ।













