२९ साउन
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतपछि पुन सञ्चालनमा आएको हो।
सडक भासिएसँगै यातायात सञ्चलनमा रोक लगाइएको थियो । उक्त सडक मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो।
नवलपुरको दाउन्नेमा गए राति सडक भासिएको थियो।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुन सक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो।
अहिले शतर्कताका साथ सडक सञ्चालन गरिएको बताइएको छ। सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध लगाईएको हो । अवरोधसँगै आम नागरिकहरुको दिनचर्या समेत अस्तव्यस्त भएको थियो।