
२९ साउन
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा सडक भासिएको छ । सडक भासिएपछि मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो।
दाउन्नेमा गए राति सडक भासिँए पछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले भासिएको स्थान मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको बताए ।
पौडेलका अनुशार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या आउन सक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको जानकारी दिए।
नवलपुरको दाउन्ने खण्ड भएर यात्रा गर्ने यात्रुलाई सुरक्षित भएर वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

