विकाश काफ्ले
२८ साउन,पाल्पा
हिन्दु नारीहरुको महान चाड आउन एक महिना पनि बाकि छैन् । नेपाली सांगीतिक बजारमा एकपछि अर्को गर्दै नयाँ–नयाँ गीतहरु आउनेक्रम दिनहुँ जसो बढिरहेको छ । केही मात्र माया प्रेम, बिछोडका गीतहरु बजारमा आइरहेका कारण यस्ता गीतलाई दर्शकश्रोताले बढि सुन्न, हेर्ने र मन पराउने गरेको देखिन्छ ।
अहिले यँही क्रममा गायक शिरीष देवकोटा र ज्योती न्यौपाने र गायिका जुना श्रीस मगर को स्वरमा ‘कुरा काटेर’ बोलको गीत सार्वजनिक भएको छ । गायक देवकोटा र न्यौपाने दुबैको शब्द रहेको गितमा लय गायक न्यौपाने र दुर्गा न्यौपानेको छायांकन रहेको छ । यस गीतमा पारिवारिक सहित सामाजिक बिषय बस्तुहरु समेटिएको छ । गीतमा स्मृति तिमल्सिनाको निर्देशन रहेको छ ।
गायक स्वयं शिरीष देवकोटाको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो ।













