सुमित्रा कंडेल,पाल्पा
स्वदेशमा रोजगारी नपाएपछि धेरै मानिसको रोजाई विदेश हुने गरेको छ । तर, हाम्रो समाजमा कोही यस्ता मानिस पनि छन्, जहाँ विदेश गएर पनि सोचेजस्तो काम नपाएपछि स्वदेशमा नै फर्किएर स्वरोजगारीमूलक कार्यमा सहभागी छन्।
विदेश जानेको सङ्ख्या बढे पनि पछिल्लो समय वैदेशिक रोजगारीबाट नै फर्किएका धेरै मानिस कृषि व्यवसायमा लाग्ने गरेका छन्।त्यसमध्येका एक हुन्, रामपुर नगरपालिका ४ देविस्थानका दिल बहादुर राना । काम र दामको खोजीमा बहराइन पुग्नुभएका राना १० वर्ष पछि आफ्नै देश फर्किएर कृषि क्षेत्रमा सक्रिय हुनुहुन्छ । लामो समय विदेशमा कष्टकर जीवन बिताए पनि उहाले भने जस्तो काम पाउन सक्नुभएन्। ‘ऊर्जाशील जीवनका केही समय त्यतातिर लगाए। पसिना बगाए’ विदेश बस्दाको पिडा सुनाउँदै उहाले भन्नुभयो्,‘सोचे अनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन। गाउँमा फर्किएर केही गरौँ भन्ने योजना आयो ।त्यस पछि आफ्नै गाउँ फर्किएर कृषि व्यवसाय रोजे ।’ हाल उहाले तरकारी खेतिलाई मुख्य व्यवसाय बनाएर कृषि गर्दै आउनुभएको छ ।
विदेशमा गरेको दुखलाई सम्झिँदा अहिले कृषिमा बगाएको पसिना र परिश्रम आफूलाई सामान्य लागेको उहा बताउनुहुन्छ। ‘अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा यती दुख गर्दा यति नै आम्दानी गर्न सकिन्छ भन्ने महसुस भएर नेपाल फर्किएर कृषि पेशा रोजेको हो’ उहाले भन्नुभयो्,‘ सम्भावना कृषि क्षेत्रमा धेरै छ । चुनौती पनि उत्तिकै छ । बिचमा तालमेल मिलाउन सीप चाहियो, धन कमाउन सकिन्छ ।’ मेहनत गरे राम्रो फल्ने मात्र होइन आम्दानी पनि बढ्छ भन्ने लागेर तरकारी खेतीमा लाग्नुभएका हाम्रो आधुनिक कृषि फार्मका सञ्चालक दिल बहादर रानालाई कृषिबाट सन्तुष्टी मिलेको छ ।तरकारी खेतीमा कृषि फार्म नै सञ्चालन गरि लाग्नुभएका डिल बहादुर दुई दाजुभाई मिलेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
आधुनिक कृषि फार्ममा अहिले काक्रा, बोडी, करेला, घिरौंला रोपिएको छ।कृषि प्रधान देश भन्ने तर कृषिलाई वेवास्ता गर्ने परिपाटीको अन्त्य नभएसम्म कृषिमा राम्रो प्रगति हुन नसक्ने उहाँको भनाई छ । राम्रो भाउ हुँदा मात्तिनु र नहुँदा आत्तिन नहुने बताउने लाल बहादुरले सुख्खा टारलाई मलजल गरि उब्जाउ ठाउँ बनाएरै सफलता मिलेको बताउनुभयो । सुख्खा र टार थियो त्यही माथि रातो माटो यही मलजल गरेर पसिना बगाएर उत्पादन दिने बनाएका छौं, लाल बहादुरले भन्नुभयो– लागेपछि निरन्तर गर्नुपर्छ । दिल बहादुरले तरकारी खेतीका साथै फुल खेती पनि गर्दै आउनुभएको छ ।
रामपुर ४ देविस्थानमा ढकमक्क सजिसजावटका फुलले घर आगन ढाकेको दिल बहादुरले घर वरपर मात्र नभई ५ बर्षदेखि सयपत्री फुल खेती गर्दै आउनुभएको छ । जग्गा भाडामा लिएर व्यवसाय गर्नुभएका उहाँले गत दशैं तिहारमा ४ लाख बढीको आम्दानी फुल बिक्रीबाट गरेको बताउनुभयो। अहिले उहाको फार्ममा सयपत्री,मखमली लगायत फुलका बिरुवा तयार छन।उहाले ५ रोपनीमा फुल खेति र १० रोपनिमा तरकारी खेति गर्दै आउनुभएको छ।