माधव पाण्डे
२७ साउन,पाल्पा
पूर्वखोलाको शम्भु माध्यमिक विधालयमा स्वर्गीय खडानन्द अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।
पूर्वखोला गाउँपालिका २ जल्पाका स्वर्गीय अधिकारीको १२ औं पुन्य तिथिको अवसरमा छोराहरु राम अधिकारी र हरी अधिकारीले शम्भु मा.वि मा अक्षयकोष स्थापना गर्नुभएको हो।
आइतबार शम्भु मा.वि. को सहायक प्रधानाध्यापक टोलसरी राईलाई पुन्य तिथिको अबसरमा १० हजार ५५ रुपैयाँको अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गरिएको छोरा राम अधिकारीले बताउनुभयो ।
पुन्य तिथिको अबसरमा दियको कोष रकमको बार्षिक रुपमा ब्याजबाट अपाङ्ग विधार्थीलाई छात्रावृत्ति दिइने बताउनुभयो ।
स्वर्गीय अधिकारीको अत्माले चिर शान्ति मिलोस साथै उहाको यस जल्पामा रहेर गर्नु भएको योगदानलाई,यस अक्षयकोषले झन सदैव सम्झने ठाउँ बनेको र यस अक्षयकोषलाई सहि तरिकाले बार्षिक उत्षवमा गरिवअपाङ्ग विधाथिलाई वितरण गर्ने सहायक प्रधानाध्यापक राइले प्रतिवद्दता व्यक्त गर्नुभयो।













