१४ साउन पाल्पा
सहकारीको बचत दुरुपयोग गरेर १८ जना फरार भएका छन् । फरार भएकाहरुले सहकारीको बचत अपचलन गरेको हुनाले सम्पर्कमा ल्याई दिनु हुन संसदीय छानबिन विशेष समितिले सरकारलाई निर्देशन दिएको छ।
समितिले सोमबार गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो। बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
सोमबार बसेको समितिको २३औँ बैठकले सहकारीको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई समितिको सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।
उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताको बचत दुरुपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई आउने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्ने प्रतिबद्धतासमेत जनाएका छन्।













