नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाकाे बर्ताुङ्गमा रहेको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले वर्ग (B) अन्तर्गतकाे लिखित परीक्षा सञ्चालनसंगै प्रयाेगात्मक परीक्षा सुरु गरेको छ।यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट वि.सं २०७१ साल मंसिर १०गतेदेखि सवारीसाधनकाे दर्ता तथा नवीकरणअस्थाायीसवारीअनुमति र चालक अनूमति पत्र वितरण सेवा सुरु गरेको हाे। कार्यालयले सेवा प्रवाहलाई नागरिकमैत्री भएर विस्वासीलो बनाउँदै समयसापेक्ष सेवाहरू थप गर्दै लगेको छ। कार्यालयकाे सेवा थप गरेसंगै यातायात व्यवस्था सेवा कार्यालयबाट गुल्मी अर्घाखाँची पाल्पा र आसपासक्षेत्रमा बसाेबास गर्ने नागरिकले यहाँकाे सेवा कार्यालयबाट जीप कार भ्यान लगायतका सवारीसाधनहरूकाे चालकअनूमति पत्रलाई दर्ता तथा वितरण सेवा सुरु गरेको हाे।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाको वर्ग थप सेवा B काे दर्ता,वितरणकाे प्रयाेगात्मक परीक्षा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले कार्यक्रमकाे उद्घाटन तथा शुभकामना मन्तब्य राख्नुहुदै यस कार्यालयले उच्च क्षमताको सिसि टिभीकाे जडान गरि सेवाग्राहीलाई झन्झट रहित सेवा प्रदान गर्न निर्देशन दिदै उहाँले पाल्पाको विकासका लागि हिल स्टेसनकाे रूपमा याे क्षेत्रकाे विकास गरि पाेखरा जाँदै गरेका भारतीय पर्यटकहरूलाई सिधै यहाँ ल्याएर राेक्न र पाल्पा बास बसाउन सकेमा पाल्पाको श्रीनगर,रानीमहल,भैरवस्थान,जलेश्वर,ऋषिकेष लगायतका ठाउँ घुमाउन सकेमा पाल्पाको समृद्धि र राेजगारी अवसर सिर्जना गर्न
सकिने बताउँनुभयाे। मन्त्री न्याैपानेले उद्घाटन कार्यक्रममा बाेल्दै भन्नुभयो पाल्पाको आर्थिक उन्नतिका कुराहरू जाेडिने कुरा छ त्यस कारण पनि यहाँकाे पर्यटन उद्योग विस्तारलाई अनिवार्य राेजगार जाेड्ने कुरा यहाँ पर्यटक ल्याउने बसाउने महत्त्वपूर्ण हुनेछ त्यसैले यी कुरामा विशेष ध्यान दिन जरुरी रहेकोले पनि आफ्नो पहल त्यसतर्फ रहेको बताउँनुभयाे।

कार्यक्रमका विशिष्ट अतिथि एवं लुम्बिनी प्रदेेश स्वास्थ्य मन्त्री खेमबहादुर सारूले शुभकामना दिनुहुँदै पाल्पाका अस्पतालमा विगत एक-डेढ दुई वर्ष अघि हेर्दा सयदेखि दुईसय पचास जना बिरामीहरूले उपचारको सेवा लिने गरेकोमा अहिले स्वास्थ्यकाे सेवामा धेरै सुधार भएको छ।अहिले झन्डै पाँच सय पचासदेखि छ सात सय बिरामीहरू जिल्लाका स्वास्थ्य संस्थाबाट उपचारकाे सेवा लिने गरेको बताउँनुभयाे। कार्यक्रममा बाेल्दै मन्त्री सारूले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अर्थाेपेडिक सर्जनहरू,स्त्रीराेग विशेषज्ञहरूकाे व्यवस्था संगसंगै डर्मटाेलाेजिष्ट,आँखाकाे विशेषज्ञ लगायत थुप्रै स्वास्थ्यकर्मीहरूकाे व्यवस्था गरेको भन्दै उहाँले प्रदेशभरका स्वास्थ्य संस्थाका भवनहरूकाे स्तरउन्नतीकाे काम गरि स्वास्थ्यक्षेत्रमा सुधार गरि अहिले स्वस्फूर्त गुणस्तरीय र सहज उपचार र नब्बे-पन्चानब्बे प्रतिशत औषधिहरू उपलब्ध रहेको र सेवा प्रवाहकाे हिसाबले साठीदेखि सत्तरी प्रतिशत बिरामी लुम्बिनी मेडिकल कलेज र मिसन हस्पिटलमा रेेफर हुने गरेकोमा अहिले ती बिरामीहरू सरकारी स्वास्थ्य संस्थामा उपचार गर्ने गरेको मन्त्री सारूले बताउँनुभयाे। उपचारमा सेवा सुधारसंगै खुल्ला व्यायाम शाला बनाउने व्यायाम गर्न प्राेत्साहित गर्ने र नसर्ने राेगहरूबाट नागरिकलाई राेकथाम पद्धतिमाआफ्नाे जीवनशैली,व्यवहार परिवर्तन गरी राेकथाम गर्न आफ्नोतर्फबाट काम गरिरहेकाे बताउँनुभयाे।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले शुभकामना राख्नुहुँदै कार्यालयले नागरिकमैत्री भएर कस्तो सेवा दिने र विगतमा भएगरेका कामकाे समीक्षा गर्दै सेवा गुणस्तरीय बनाउँदा जनविश्वास बढेर जाने भएकोले सेवाप्रदान गर्दा कसरी राम्रो दिने भन्ने विषयमा बेलैमा साेच्न र ध्यान दिन जरुरी रहेको बताउँनुभयाे।समन्वय प्रमुख खनालले यातायात व्यवस्था सेवा कार्यालय पाल्पाको मात्र नभएर छिमेकी जिल्लाकाे सेवादिने कार्यालय भएकाले जिम्मेवार भएर सबैले आफ्नो हाे भन्ने अनुभव हुने सेवा दिनुपर्ने त्यसका लागि आवश्यक जनशक्ति एवं पूर्वाधारको अभाव हुन नदिन बेलैमा पूर्वाधार निर्माणकाे कामकाे व्यवस्थापन हुन जरुरी रहेको बताउँनुभयाे।
कार्यक्रमका अतिथि एवं तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सेवा थपकाे उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै आजभन्दा दुईवर्ष अघि दुई पाङ्ग्रे सवारीसाधन चालक अनूमति सुरु भएकोमा फेरि चार पाङ्ग्रे सवारीकाे सेवा थपगरेकाेमा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रममा नगर प्रमुख श्रेष्ठले कार्यालयकाे जुन गुरूयाेजना बनेको छ । त्याे कार्यान्वयनका लागि पहल गर्ने तथा जग्गा स्वामित्वकाे प्रक्रियालाई छिट्टै सम्वन्धित ठाउँमा पहल गरेर स्वामित्व लिने र भवन निर्माणकाे थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथि एवं वडा नं.७ का वडा अध्यक्ष प्रदिप खनालले याे यातायात व्यवस्था सेवा कार्यालय आफ्नो स्थायी भवन निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्नलाई कार्यक्रमका प्रमुख अतिथि एवं माननीय मन्त्री प्रचण्ड विक्रम न्याैपानेसंग माग गर्नुभयो ।
कार्यक्रममा अतिथि एवं पूर्व वडा अध्यक्ष मुक्तिराम जिसीले आफू वडा अध्यक्ष हुँदा तत्कालीन यातायात व्यवस्था सेवा कार्यालय प्रमुख विष्णुप्रसाद खनालले याे क्षेत्रमा यातायात कार्यालय राख्न चिया गफमा सुरु यहाँकाे ट्रायल सेन्टर र कार्यालयकाे लागि उन्नाइस राेपनी जग्गाको स्थायी समाधान गर्न पहल गरेको अनुभव बताउँदै अहिले सेवा थप हुदैगर्दा अब स्थायी भवन निर्माणमा जाेडदिन जरुरी रहेकोबताउँनुभयाे।
त्यस्तै सेवा उद्घाटन कार्यक्रममा वर्ग "B" अन्तर्गत लिखित तथा प्रयाेगात्मक सेवा उद्घाटनकाे पहिलो दिन एक सय अडचालिस जना सेवाग्राहीले सहभागी जनाउँनुभएकाे थियोे ।भने सेवा लिन आउनुभएका सेवाग्राही हरिप्रसाद डुम्रेले मिहिनेत गरेमा सजिलोसंग चालक अनूमति पत्र लिन सकिने बताउँनुभयाे। यातायात व्यवस्था सेवा कार्यालय प्रमुख टीकाराम न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिकृत श्रीराम पाण्डेकाे स्वागत तथा रामकृष्ण थापाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।














