पाल्पा – कोरोना भाइरसको तेस्रो लहरका बन्द रहेको भैरवनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छ । कोरोना संक्रमण बढेसंगै बन्द गरिएको मन्दिर संक्रमणमा केही कमी आएसंगै दर्शनका लागि माघ २४ गते देखि खुला गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघको पहिलो सातादेखि बन्द रहेको रिब्दीकोट गाउँपालिका वडा नं।४ भैरनस्थान मन्दिरमा माघ २४ गतेदेखि खुला गरिएको हो ।
हाल संक्रमणमा केही कमी आएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको आदेशनुसार मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
दर्शनार्थीले विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेकोे स्वास्थय मापदण्ड पालना गरेर मात्रै दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
कोरोना संक्रमण बढ्न थालेपछि माघ ५ गतेदेखि भैरवनाथ मन्दिर भक्तजनका गरिएको थियो ।













