साउन ८, पाल्पा
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ। उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।
तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको हो । उक्त कुरा सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिएको थियो । त्यसैले यात्रुले एक हप्ता भन्दा बढी सास्ती भोग्नु परेको थियो। सडक भासिए पनि यातायात भने सुचारु छ।
अहिले फेरि सडक भासिदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन ।
तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको छ । तर पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए।
सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ।
ठूला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारीकारी आनन्द काफ्लेले बताए ।











