पाल्पा असार ७, खेमराज पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा पाल्पामा कृषकहरुलाई विउविजन वितरण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाको आयोजनामा तानसेन नगरपालिका वडा नम्बर ७ को बेलानीडाडा मा एक कार्यक्रमका विच विउविजन र ज्येष्ठ नागरिकहरुलाई लौरो वितरण गरिएको हो ।
कार्यक्रममा एक सय बढीलाई विभिन्न तरकारीका विउविजनहरु वितरण गरिएको थियो । करेसावारीमा तरकारी लगाएर आत्मनिर्भर बन्नका लागि विउविजन वितरण गरिएको जिल्ला अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी यहाँका २६ जनालाई लौरो वितरण गरिएको थियो । ज्येष्ठ नागरिकहरुलाई सहजताका लागि लौरो वितरण गरिएको अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो ।
रास्वपा को स्थापना दिवस मनाउने केन्द्रिय निर्णय अनुसार नै पाल्पा मा पनि सामाजिक कार्य गरिएको जिल्ला उपसभापति सुमन गैरेले जानकारी दिनुभयो। उक्त कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश कोषाध्क्ष दुर्गा अर्याल लगाएत नगरका नेताहरुको सहभागिता रहेको थियो । रास्वपा पाल्पा का उपसभापति सुमन गैरेको संचालनमा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रम मा बिउबिजन र लौरो बितरणले आफुहरु निकै खुसी र उत्साहित भएको स्थानिय ले बताएका छन । रास्वपा ले आफ्नो दोस्रो स्थापना दिवस देश भरी नै विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसमा मात्र नभै अरु दिनहरुमा पनि सामाजिक कार्य लाई निरन्तरता दिइएको रास्वपाले जनाएको छ ।













