सुमन कार्की
पाल्पा, ७, असार
आर्थिक वर्ष २०८०/०८१को उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी कार्यक्रम सकिएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाले उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी कार्यक्रम अन्तरगत ६ सय सुत्केरी आमाहरुलाई पौष्टिक आहार बितरण गरेको गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी चौधरीले जानकारी दिनुभयो ।
आमा र बच्चामा हुने कुपोषण,रक्त अल्पता,मातृ मृत्युदर र शिशु मृत्युदरमा कमी ल्याउने, स्वस्थ आमा स्वस्थ शिशु हुदै पोषण मैत्री पालिका बनाउने उदेश्यका साथ उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी कार्यक्रम गत वर्ष देखि नै सञ्चालन गरिएको उपाध्यक्ष चौधरीले वताउनु भयो ।
आफ्ना पालिका भित्रका सुत्केरीहरुलाई यो वर्ष ५०० ग्राम ध्यू, ५०० ग्राम चेवनप्राश, आयो नुन,बेबी शप,आयुवेदिक मञ्जनका साथै झोला वितरण गरिएको थियो । पालिका अन्तरगत ठुटीपिपल भित्रका ९०, पडसरी भित्रका ९०, हाटी भित्रका ७५,बसन्तपुर भित्रका १ सय,पट्खौली भित्रका ७०,छोट्की भित्रका ७८ जना सुत्केरीलाई पौष्टिक आहार बितरण गरिएको हो । विविध कारण वस छुटेकाहरुलाई असार मसान्त भित्र पालिकावाटै पोषण आहार प्रदान गरिने पालिकाले जनाएको छ ।
उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी कार्यक्रमले आर्थिकरुपमा विपन्न परिवार खुशी देखिन्छन् भने अन्यपरिवारले उपाध्यक्षको यो कार्यक्रम प्रशंशा योग्य रहेको वताउछन् । यो कार्यक्रमलाई आगामी वर्षपनि निरन्र्तता दिने उपाध्यक्ष चौधरीले वताउनु भयो ।













