बुटवल। नेपाल सरकारको स्वास्थ्य बिमा बोर्ड अन्तर्गत अर्घाखाँची ,पाल्पा र रुपन्देहीका स्वास्थ्य बिमा सहजकर्ताहरुले हामि दर्ता सहयोगि स्वास्थ्य बिमाका मेरुदण्ड हौ र हाम्रो मागको उचित सम्बोधन होस भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेसको स्वास्थ्य बिमा बोर्डको शाखा कार्यालय बुटवलमा बिरोध प्रदर्सन गरेका छ्न।
२०७३ साल पौष ११ गतेदेखि निरन्तर सहजकर्ताको काम गर्दै आएका उनिहरुले प्रोत्साहन रकमको १० प्रतिशत सुबिधामा १ प्रतिशत आयकर कट्टी भएको साथै नेपाल सरकारको २०८१ जेठ २४ गतेको स्वास्थ्य बिमा बोर्डमा गरिएको परिपत्रमा आयकर १५ प्रतिशत कटौती गर्ने निर्णयका विरुद्ध सहजकर्ता हरु बिरोध प्रदर्सनमा उत्रिएका हुन।
स्वास्थ्य बिमा सहजकर्ताको परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा हुनुपर्ने ,स्वास्थ्य बिमाका सहजकर्ताको प्रोत्साहन रकम १० प्रतिशत बाट वृद्धि गरि २० प्रतिशत हुनुपर्ने र सहजकर्ताहरुको कार्य सम्पादनको आधारमा मासिक तलबको ब्यवस्था गर्नुपर्ने लगाएतका माग राखि स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय लुम्बिनी प्रदेसका संयोजक जनक साउथ लाई ज्ञापन पत्र बुझाएका छ्न। उनिहरुले आफ्नो माग सम्बोधन नभए थप आन्दोलन र बिरोध कार्यक्रम गर्न बाध्य हुने बताएका छ्न। सहजकर्ताहरुले लुम्बिनी प्रदेशको बिमा बोर्डको शाखा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।












